images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य...

अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य महासंघबीच सहकार्यमा जोड

अन्तर्राष्ट्रिय वित्त निगम र उद्योग वाणिज्य महासंघबीच सहकार्यमा जोड

images
images
बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल उद्योग वाणिज्य महासंघ बीच नेपालको आर्थिक विकास, रोजगारी तथा आपसी सहकार्यका विषयमा छलफल भएको छ । आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथ तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल बीच बुधबार महासंघ सचिवालयमा भएको भेटवार्ता भएको थियो । सो अवसरमा बोल्दै आइएफसीका दक्षिण एसिया क्षेत्रका म्यानेजर ग्रेगोरी स्मिथले नेपालको आर्थिक विकासमा नेपाल उद्योग वाणिज्य महासंघसंग सहकार्य गर्न आइएफसीका तयार रहेको बताए । उनले नेपालको निजी क्षेत्रलाई सबल बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय वित्त निगमले ज्ञान साझेदारी, साना तथा मझौला उद्यमहरूको क्षमता विकास, र युवाहरूका लागि अर्थपूर्ण रोजगारीका मार्ग सुनिश्चित गर्न सहकर्य गर्न सकिने बताए। 

    images
    images

    महासंघका उपाध्यक्ष ढकालले महासंघले विगतमा पनि आईएफसीसँगको सहकार्यमा विभिन्न काम गरेको जानकारी गराउँदै नेपालको निजी क्षेत्रको सुदृढीकरणका लागि आइएफसीको सहयोग प्रति आभार व्यक्त गरे । “सन् २०२२ मा महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले संयुक्त रूपमा तयार पारेको “नेपालको निजी क्षेत्रको अवस्था ”सम्बन्धी प्रतिवेदनलाई विशेष महत्वको रूपमा लिएका छौं । उक्त अध्ययनले नेपालको निजी क्षेत्रका शक्ति, चुनौती र सम्भावनाहरूलाई उजागर गर्दै नीति निर्माण र लगानीका लागि मार्गनिर्देशक भूमिका खेलेको छ ।” उपाध्यक्ष ढकालले भने ।  

    महासंघको लगानी तथा अन्तरराष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेलले निजी क्षेत्रले पर्यटन, सूचना प्रविधि, कृषि, शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रहरूमा उल्लेखनीय योगदान गरेको बताउँदै आइएफसीसंगको सहकार्यले निजी क्षेत्रको क्षमता अभिबृद्धिमा सहयोग पुगने बताए । उनले ज्ञान आदानप्रदान, वित्तीय पहुँचको सहजता, हरित अर्थतन्त्रको प्रवद्र्धन, डिजिटल रूपान्तरण, र साना तथा मझौला उद्योगको क्षमता विकासजस्ता क्षेत्रमा अन्तर्राष्ट्रिय वित्त निगमको प्राविधिक तथा संस्थागत सहकार्यको अपेक्षा राखे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend