images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • मन्त्रीहरु शिक्षकका माग बोकेर निस्किए ...

मन्त्रीहरु शिक्षकका माग बोकेर निस्किए मन्त्रिपरिषद् बैठक

मन्त्रीहरु शिक्षकका माग बोकेर निस्किए मन्त्रिपरिषद् बैठक

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौं ।  शिक्षामन्त्रीसँग शिक्षकहरूको वार्ता सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्दै छ। अहिले शिक्षकहरूका माग बोकेर शिक्षामन्त्री रघुजी पन्त र गृहमन्त्री रमेश लेखक मन्त्रिपरिषद् बैठकमा सहभागी हुन् निस्किएका छन् ।शिक्षा मन्त्रालयमा शिक्षक महासंघ सँगको छलफल सकारात्मक भएको एमाले सचेतक महेश बर्तौलाले बताएका थिए।

    images
    images

    उनले भनेका छन्, ‘शिक्षा मन्त्रालयमा जारी शिक्षक महासंघ सँगको छलफल असाध्यै सकारात्मक ढङले अगाडि बढिरहेको छ । आज नै सहमति गरि सार्वजनिक गर्ने तयारी गरिरहेका छौं’ ।

    बैठकमा नेपाल शिक्षक महासंघले अघि सारेका केही मागहरू सम्बोधन गर्ने तयारी गरिएको बताइएको छ । सरकारसँग विगतमा भएका सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग अघि सारेर देशभरका शिक्षकहरू संघीय राजधानी काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।  

    images
    images

    विद्यालय, विद्यार्थी तथा शिक्षक-कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नका लागि सरकारमाथि दबाब सिर्जना गर्न छाता संगठन नेपाल शिक्षक महासंघको नेतृत्वमा उनीहरूले आन्दोलन गरेको २९ दिन पुगिसकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend