काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही दिनयता सरकार परिवर्तनको हल्ला चलिरहेको भन्दै सञ्चारकर्मीहरुले प्रधानमन्त्री समक्ष जिज्ञासा राखेका थिए । सोही प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले अब १४ महिनापछि म राजीनामा दिन्छु र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।




.gif)



