images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • दृष्टिका देवता डा. सन्दुक रुइत...

दृष्टिका देवता डा. सन्दुक रुइत सम्मानित

दृष्टिका देवता डा. सन्दुक रुइत सम्मानित

images
images
अर्थ समाचार
आइतवार, श्रावण २० २०८१
अर्थ समाचार
आइतवार, श्रावण २० २०८१
  • काठमाडौँ । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौ‌ले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा.सन्दुक रुइतलाई आँखा उपचारका क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै अभिनन्दन गरेको छ । सभामुख देवराज घिमिरेले आज एक समारोहबीच उनलाई अभिनन्दन गरेका हुन ।

    images
    images

    ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हब’का रुपमा विकास गर्न डा। रुइत सफल भएका छन् ।

    न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिविन्दुको शल्यक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’का रुपमा डा. रुइत चिनिएको अभिनन्दन पत्रमा उल्लेख छ । डा. रुइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रामोन मेगसेसे पुरस्कार’, बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् ।

    images
    images

    सो अवसरमा सभामुख घिमिरेले हिमाली र पहाडी जिल्लाका रुपमा ताप्लेजुङ सौन्दर्य, मनमोहक र आकर्षणसहित विविधतायुक्त रहेको र अहिलेसम्म आइपुग्दा गरिबी र अभावका कारण पछि परे तापनि यसको भविष्य भने सुन्दर रहेको बताए ।

    कार्यक्रममा सभामुख घिमिरेले केन्द्रले जिल्ला र त्यस क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विविधतासम्बन्धी विषय समेटी प्रकाशित गरेको पुस्तक लोकार्पण गरेका थिए ।

    प्रा.डा. सुरेन्द्र केसीले लोकतन्त्र जीवन पद्धति भएकाले समाजलाई सही दिशानिर्देशन गर्न र राष्ट्रको गौरव बढाउन यसको मर्म र भावनाअनुसार राजनीतिक दल र सरकारले कार्य सम्पादन गर्नुपर्ने धारणा राखे ।

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend