images

२०८३ आश्विन १७ गते

images
images
images

९ महिनामा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

९ महिनामा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात

images
images
बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा झन्डै साढे २५ अर्ब रुपैयाँ बराबरको  स्मार्टफोन नेपाल  आयात भएको छ ।भन्सार विभागले सार्वजनीक गरेको तथ्याङ्क अनुसार समिक्षा अवधिमा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँको स्मार्टफोन आयात भएको छ भने १५ लाख ८४ हजार ९५६ युनिट स्मार्टफोन आयात भएको हो ।

    images
    images

    गत आर्थिक वर्षको तुलनामा १६.६९ प्रतिशत बढी  भएको छ । गत आर्थिक वर्षको  सो अवधमिा २१ अर्ब ७५ करोड २८ लाख रुपैयाँ बराबरको १३ लाख ९१ हजार ८४५ युनिट स्मार्टफोन आयात भएको थियो । नेपालमा विश्वको ६० वटा बढी देशबाट स्मार्टफोन आयात भएको छ ।

    नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट १७ अर्ब २६ करोड ६० लाख रुपैयाँ, भारतबाट  ७ अर्ब ६४ करोड २३ लाख रुपैयाँ, अमेरिकाबाट १२ करोड ५ लाख बराबरको १ हजार ३३ युनिट, यूएईबाट ८ रकोड ८७ लाख, जापानबाट ७ करोड १४ लाख, अष्ट्रेलियाबाट ६ करोड ४१ लाख, कतारबाट ३ करोड ५७ लाख, कोरियाबाट ३ करोड १६ लाख, बेलायतबाट १ करोड ६४ लाख, हङकङबाट १ करोड १२ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend