images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • तेस्रो त्रैमासिकमा फाइनान्स कम्पनीहरूले बढाए...

तेस्रो त्रैमासिकमा फाइनान्स कम्पनीहरूले बढाए नाफा, सुधारेनन् खराब कर्जा

तेस्रो त्रैमासिकमा फाइनान्स कम्पनीहरूले बढाए नाफा, सुधारेनन् खराब कर्जा

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  •  काठमाडौं । सञ्चालनमा रहेका ग वर्गका १५ वटै वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् ।सार्वजनिक वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पाँच वटा फाइनान्स कम्पनी नोक्सानीमा छन् भने बाँकी १० वटा नाफामा छन् । गत वर्ष सोही अवधिमा ८ वटा फाइनान्स कम्पनी नोक्सानीमा थिए ।

    images
    images

    समग्रमा फाइनान्स कम्पनीहरुको नाफा रकम पनि बढेको छ । १५ वटा फाइनान्स कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले नोक्सानमा गएका छन् ।

    साउनदेखि चैत मसान्तसम्म फाइनान्स कम्पनीमध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ नोक्सानीमा छ । सो कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २०.७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको भारी मात्रामा बढेको छ ।प्रोग्रेसिभ फाइनान्सको वित्तीय विवरण सबैभन्दा धेरै सुधारोन्मुख देखिएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४ लाख नाफा कमाएको छ ।

    images
    images

    उसले निष्क्रिय कर्जा समेत सुधारेको छ । पहिले ९.३४ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ७.१५ मा झारेको छ ।फाइनान्स कम्पनीहरुको सबैभन्दा कमजोर पक्ष नै बढ्दो निष्क्रिय कर्जा हो । निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । ७ कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि छ भने दुई कम्पनीको ३० प्रतिशतभन्दा माथि छ ।नोक्सानमा रहेसँगै पाँच फाइनान्स कम्पनीहरुको प्रतिसेयर आम्दानी ऋणात्मक भएको छ ।

    समृद्धि, गोर्खाज, बेस्ट, जानाकी र रिलायन्स फाइनान्सको प्रतिसेयर आम्दानी ऋणात्मक भएको हो । आईसीएफसी फाइनान्सको प्रतिसेयर आम्दानी सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend