हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले विद्युतीइ गाडी कानाको खरीदामा शून्य प्रतिशत ब्याजदर योजना ल्याएको छ।
यो योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि ५० प्रतिशत डाउनपेमेन्टमा कोना कार खरीद गर्न सकिने कम्पनीले जनाएको छ। कोना दुई वटा भेरियन्टमा उपलब्ध छ।
कोना जीएलको मूल्य ५९ लाख ९६ हजार रुपैयाँ रहेको छ। त्यस्तै, कोना जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
मल्टिस्टेज हाइभोल्टेज सेफ्टी सिस्टम रहेको कोनामा ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री रहेको छ। एक पटकको चार्जमा ३०५ किलोमिटर गुडाउन सकिने कम्पनीको भनाइ छ।




.gif)





