काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख २९ गते जनकपुरस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो १ बजेदेखि बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।कम्पनीको बैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।
सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/ ०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आथिृक वर्ष २०८० /८१ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण उपर छलफल गरि पारित गर्नेछ ।
सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र संचालकको नियुक्ति लगायतका विविध प्रस्ताव अनुमोदन गर्ने छ ।
साधारण सभामा उपस्थित हुने सेयरधनी महानुभावहरुले हलमा प्रवेशको लागि आफ्नो कुनै आधिकारिक परिचयपत्र साथमा लिई आउनु हुन अनुरोध छ ।




.gif)





