images

२०८३ आश्विन १६ गते

images
images
images

ब्याज आम्दानीसँगै निफ्राको नाफा घट्यो

ब्याज आम्दानीसँगै निफ्राको नाफा घट्यो

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को नाफा घटेको छ । तर, वितरणयोग्य नाफा बढेको छ । बैंकले आइतबार (वैशाख ७) सार्वजनिक गरेको चैत मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणानुसार वितरणयोग्य नाफा ६०.६९ प्रतिशतले बढेको छ ।२०८१/८२ को चैत मसान्तसम्म वितरणयोग्य मुनाफा ७६ करोड ९५ लाख रुपैयाँ छ । गत वर्षको चैत मसान्तसम्म यस्तो नाफा ४७ करोड ८८ लाख रुपैयाँ थियो ।

    images
    images

    यो वर्ष बैंकको खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि कमी देखिएको छ । गत वर्षको चैत मसान्तसम्मको तुलनामा यसपालि बैंकको नाफा ८.८४ प्रतिशतले घटेको छ । चैत मसान्तसम्म बैंकले ९० करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।बैंकले ०८०/८१ को चैत मसान्तसम्म ४७ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    बैंकले यो चैतसम्म एक अर्ब ४८ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले एक अर्ब ९५ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend