images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • सिंहदरबार चारैतिरबाट सुरक्षा घेराबन्दीमा, सवारी सञ्चालनमा...

सिंहदरबार चारैतिरबाट सुरक्षा घेराबन्दीमा, सवारी सञ्चालनमा रोक

सिंहदरबार चारैतिरबाट सुरक्षा घेराबन्दीमा, सवारी सञ्चालनमा रोक

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आह्वान गरेको विरोध प्रदर्शनलाई ध्यानमा राख्दै सिंहदरबार क्षेत्र चारैतिरबाट सुरक्षा घेराबन्दीमा राखिएको छ । देशको सबैभन्दा संवेदनशील प्रशासनिक केन्द्रका रुपमा रहेको सिंहदरबार आसपासका सडकमा सवारी आवागमनमा पूर्णरूपमा रोक लगाइएको छ भने सुरक्षाकर्मीहरूको बाक्लो छ । सिंहदरबारको दक्षिण गेट, अनामनगर, न्यूप्लाजा, हनुमानथान, वैद्यखाना, स्वास्थ्य मन्त्रालय र पश्चिम गेटतर्फका सबै सडकहरूमा ब्यारिकेड राखेर आवागमन बन्द गरिएको छ । ती सडकहरू सुनसान छन् । अहिले प्रहरीबाहेक अन्य मानिसको हिँडडुल, न गाडीको आवतजावत बन्द छ । 

    images
    images

    प्रहरी प्रशासनले हिंसा वा अव्यवस्था नफैलियोस् भन्ने उद्देश्यले बिहानैदेखि उच्च सतर्कता अपनाएको छ । सिंहदरबारको पर्खाल वरिपरि दंगा नियन्त्रण बल पनि गम्भीर मुद्रामा तैनाथ छन् । कुनै अप्रत्याशित घटना घट्न नदिने तयारीसाथ पानीको फोहोरा प्रहार गर्ने ‘वाटर क्यानन’ र आवश्यक उपकरणहरुसहितको टोली माइतीघर मण्डलामा पनि खटाइएको छ ।सिंहदरबारको आन्तरिक सुरक्षासमेत कडा बनाइएको छ। केहीबेर अघि सिंहदरबारबाटै राप्रपा सांसदहरू पक्राउ परेका थिए ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend