images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग...

अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

अलैँचीको मूल्य उच्च भएपछि बिरुवाको माग बढ्यो

images
images
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • इलाम । इलामको फिक्कलस्थित अलैँची विकास केन्द्रले बितेको वर्ष अलैँचीका एक लाख २८ हजार पाँच सय ६० बिरुवा बिक्री गरेको छ ।

    images
    images

    प्रतिगोटा पाँच रुपैयाँले छ लाख ४२ हजार मूल्य बराबरको बिरुवा बिक्री गरेको केन्द्रले जनाएको छ । देशभरबाट तीन लाख बिरुवाको माग आएको तर पूरा गर्न नसकिएको केन्द्र प्रमुख राजन परियारले बताए ।

    केन्द्रबाट यो वर्ष ताप्लेजुङ, पाँचथरसहित देशका पश्चिमी जिल्लामा अलैँची बिरुवा लगिएका छन् । केन्द्रले राम साही र गोलसाही जातको अलैँचीका बिरुवा उत्पादन गरी बेचेको परियारले जानकारी दिए ।

    images
    images

    अलैँची खेती विस्तारका लागि बिरुवाको माग बढेपछि केन्द्रले यो आर्थिक वर्षदेखि विभिन्न १० जिल्लामा अलैँचीका ४० नर्सरी राख्ने र बिरुवा उत्पादन गर्ने कार्यक्रम सुरु गरेको छ ।

    ‘पछिल्लो समय अलैँची ९फल०को उच्च मूल्यमा कारोबार भएपछि किसानले अहिले बिरुवा रोप्ने र खेती विस्तार गर्ने काम गरिरहेका छन् ।

    अलैँची अहिले ८५ हजार रुपैयाँ प्रतिमनले कारोबार भइरहेको छ । गएको आर्थिक वर्ष ०८०/०८१ मा सात अर्ब ९४ करोड नौ लाख ६५ हजार मूल्यको अलैँची निर्यात भएको केन्द्रले जनाएको छ । देशको १७ हजार चार हेक्टरमा अलैँची खेती भएको जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend