images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सगरमाथा लुम्बिनीले बोलायो साधारणसभा, लाभांश प्रस्ताव...

सगरमाथा लुम्बिनीले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्दै

सगरमाथा लुम्बिनीले बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्दै

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले वैशाख २८ गते वार्षिक साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले लाभांश दिने प्रस्ताव पारित गर्न सभा बलाएको हो ।कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ। सभा रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । 

    images
    images

    सभामा कम्पनीको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

    सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने भएको छ । सभामा भाग लिन वैशाख १६ गतेसम्म सेयरधनी कायम हुनु पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend