images

२०८३ आश्विन १९ गते

images
images
images

विश्वभरका नेपाली सेफहरूको भेला काठमाडौँमा

विश्वभरका नेपाली सेफहरूको भेला काठमाडौँमा

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौंः विश्वभरका नेपाली सेफहरू काठमाडौँमा भेला सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय सेफ सोसाइटीको आयोजनामा राजधानीको भृकुटीमण्डपमा आयोजित फुड फेस्टिभलमा सहभागी हुन उनीहरू काठमाडौँमा जम्मा भएका छन्।

    images
    images

    नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तरोन्नतिका लागि भन्दै सोसाइटीले वैशाख ६ गते भृकुटीमण्डपमा फुट फेस्टिभल कार्यक्रम भएको छ।

    उक्त कार्यक्रमलाई सेफहरूको कुम्भमेलाको रूपमा चित्रित गर्दै सोही बमोजिम विश्वभरबाट करिब ५०० हाराहारीका सेफहरू नेपाल आउने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सेफ सोसाइटी संयोजक अरुण अधिकारीले जानकारी दिएका छन् ।

    images
    images

    विश्वका विभिन्न विश्व चर्चित सहितका होटलहरुमा नेपाली सेफहरू कार्यरत रहेका छन् । आफ्नो पाककलाबाट आफूलाई अब्बल साबित भइसकेका उनीहरू यहाँ भेला भएर नेपालमा पाककलाको प्रवद्र्धनमा भूमिका खेल्ने बताइएको छ । फेस्टिभल अघि बैशाख ४ बिहीबार अन्तर कलेज कुकिङ कम्पिटिसन अकेडेमी अफ कलिनरी आट्र्स, कलेज लगनखेलमा गरिएको थियो । बैशाख ६ गतेको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकारको प्रस्तुतिका साथै कुकहरूले आफ्नो कला कौशल प्रदान गर्नुका साथै विश्वभरका उत्कृष्ट नेपाली सेफहरूलाई अवार्ड समेत प्रदान गरिएको छ ।

    संयोजक अरुण अधिकारीका अनुसार कार्यक्रमको प्रमुख अथिति पर्यटन मन्त्री मा. बद्री प्रसाद पाण्डे हुनु भएको थियौ । अन्तर्राष्ट्रिय सेफ सोसाइटी कार्यक्रमलाई सभ्य र भव्य बनाउन लागिपरेको र मन्त्री पाण्डेले त्यहाँ रहने विभिन्न परिकारका स्टलहरू अवलोकन गरेका छन् ।

    No description available.

    अधिकारीका अनुसार सोसाइटीको ३८ देशमा शाखा रहेको छ भने जसमध्ये १६ वटा देशहरूमा कमिटी बनिसकेको र बाँकी देशहरूमा कमिटी विस्तारको काम भइरहेको जानकारी दिएका छन् ।  अधिकारी अनुसार २०१८ मा सेफ सोसाइटी युएईबाट सुरु भएको थियो । नेपाली सेफ सोसाइटीका अध्यक्ष एलबी कौशलका अनुसार नेपालको कानुन अनुसार समेत नेपाली सेफ सोसाइटी नाममा संस्था दर्ता  दर्ता भएको छ । अन्तर्राष्ट्रिय सेफ सोसाइटी अथवा नेपाली सेफ सोसाइटी यी एउटै अंग भएको अधिकारीले जानकारी दिएका छन् ।

    सोसाइटी पाककला क्षेत्रको विश्वव्यापी बजारीकरण गर्ने उद्देश्यले स्थापना गरिएका संस्था हो । हाल सम्म यसमा ३५ हजार भन्दा बढी नेपाली सेफहरू स्वदेश तथा विदेशमा कार्यरत रहेको दाबी गरिएको छ । यस्तै संस्थामा ५ हजार भन्दा बढी सेफहरू संस्थागत सदस्य रहेका छन् ।

    नेपालको पर्यटन प्रवर्द्धनका लागि आयोजित फुड फेस्टिभलबाट नेपाली सिस्नो र ढिँडोका साथै सबै नेपाली खानाको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ ।

    यस्तै, नेपाली पर्यटन समेतको प्रवर्द्धन, नेपाली सेफहरूको सीप र क्षमताको प्रदर्शन, नेपाली कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। फेस्टिभलमा ४ दर्जन स्टल, ४ दर्जन भन्दा बढि खानाका केहि रैथाने बालीनालीको प्रदर्शन, साथमा नेपाली पर्यटन समेतको सहभागिता रहेका थिए।

    जहाँ खानाका स्टलमा विभिन्न जात जाति, जस्तो कि नेवारी, थारु, राई लिम्बु, थकाली रहेका थिए ।

    यस्तैगरि मोमो, चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिंडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूल, आदिको स्टल पनि रहेका थिए ।

    सेफ पेसालाई सम्मानित र मर्यादित बनाउन तथा यसको प्रचुर मात्रामा प्रचारप्रसार गर्ने समेत हामीहरूको उद्देश्य रहेको भन्दै उनले पहिलो पटक भएकोको यो वृहद कार्यक्रमलाई सफल बनाउन सहयोग गनुृहुने सबैप्रति आभारी रहेको बताएका छन् ।

    No description available.

    यस कार्यक्रमबाट अन्तर्राष्ट्रिय सेफ सोसाइटीको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । जसको नेतृत्व अरुण अधिकारीले गरेका छन्, हाल अधिकारी संयोजक रहेकामा पहिलो महाधिवेशनबाट अरुण अधिकारीको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend