images

२०८३ आश्विन १९ गते

images
images
images

२२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

२२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदै

images
images
शनिवार, बैशाख ६ २०८२
शनिवार, बैशाख ६ २०८२
  • काठमाडौँ । देशभरका २२ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ खुवाइँदैछ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज र भोलि भिटामिन ‘ए’ खुवाउन लागेको हो।स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ।

    images
    images

    एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ।‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend