images

२०८३ आश्विन १९ गते

images
images
images

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • बागलुङ । बागलुङको चर्चित धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटसँग जोडिएको रायराँयकोटमा गुराँस फुल्न थालेपछि आन्तरिक पर्यटकको आगमन बढेको छ।बागलुङ नगरपालिका–७ बौलुङमाथिको डाँडामा रहेको धार्मिकस्थल रायराँयकोट क्षेत्रमा यतिबेला गुराँसले राताम्ये भएको छ। प्राकृतिक दृश्वाअवलोकनका लागि उपयुक्त गन्तव्य बनेको रायराँयकोटमा गुराँस फुलेपछि पर्यटकको आगमन बढेको स्थानीय बताउँछन्। रायराँयकोटमा वैशाख र जेठमा स्थानीय समुदायले वर्षादेवका रूपमासमेत पूजाआजा गर्दै आएका छन्। 

    images
    images

    उक्त स्थानमा पुग्नेको सङ्ख्या अहिले दिनप्रतिदिन बढ्दै गएको स्थानीय तेजप्रसाद न्यूरेले बताए। “पूर्वाधार निर्माण र प्रचारप्रसारका कारण रायराँयकोट पछिल्लो समय चर्चामा छ। गुराँस फुलेसँगै रायराँयकोट मनमोहक देखिएको छ। धार्मिक तथा प्राकृतिक हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिएकाले पछिल्लो समय यहाँ पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो”, उनले भने। न्यूरेका अनुसार धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चित पञ्चकोटमध्येको एक रायराँयकोटमा पछिल्लो दैनिक तीन सय बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ पुग्ने गरेका छन्। 

    सडक मार्ग हुँदै बागलुङ बजारबाट दुई घण्टामा पुग्न सकिने उच्च पहाडमा रहेको रायराँयकोटले आन्तरिक पर्यटक तान्दै आएको छ। सवारीसाधनका माध्यमबाट यहाँ पुगेकी रेणु केसीले बागलुङ बजारको कोलाहल छल्ने नजिकको स्थानका रूपमा रायराँयकोट बनेको बताए। उनका अनुसार उच्च पहाड संसारकोटसम्म फैलिएको पाँचकोटले धार्मिक मार्गको रूपमासमेत विकास गरेको थियो। यहाँ गैरागाउँ, तितौरे, बाटुले, तग्राम, मूल्पानी, तित्याङ र मालिकालगायत विभिन्न स्थानबाट वर्षादेवका रूपमा पूजाआजा गर्ने प्रचलन रहेको उनले जानकारी दिए।गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयका अनुसार रायराँयकोटमा अहिलेसम्म रु २० लाखको पूर्वाधार निर्माण भइसकेको छ। मन्दिरको छाना छाउने, पुरानो घण्टी संरक्षण, सत्तल निर्माण, पर्खाल निर्माण र मैदान बनाइएको छ। रायराँयकोटमा पुग्नेस्तरीय सडक बनाउन आवश्यक छ। 

    images
    images

    पञ्चकोटबाट संसारकोट पुग्ने पदमार्ग निर्माणका लागि रु ५० लाख बजेट सङ्घीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजन गरिएको छ। साथै करिकोटबाट माझकोटसम्म पदमार्ग निर्माण भइरहेको छ। रायराँयकोटमा लिफ्टमार्फत स्थानीयलाई खानेपानी पुर्याइएको छ। ठूलो ढुङ्गाको छेडमा परापूर्वकालदेखि पूजा गरिने यस स्थानमा विसं १९२६ मा चन्द्रप्रसाद गौचनले चढाउनुभएको घण्टी संरक्षित रहेको स्थानीय बताउँछन्। पाँचकोट अन्तर्गत तारजालकोट, कारिकोट, माझकोट, रायराँयकोट र संसारकोटलाई पञ्चकोटका रूपमा प्रचार गरी अहिले पञ्चकोट धार्मिक गन्तव्य बनाइएको नगर कार्यालयले जनाएको छ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend