images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • लिबर्टी माइक्रो लाइफको ग्रामीण तहमा बीमा...

लिबर्टी माइक्रो लाइफको ग्रामीण तहमा बीमा सचेतना अभियान

लिबर्टी माइक्रो लाइफको ग्रामीण तहमा बीमा सचेतना अभियान

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौ । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सचेतना अभिवृद्धि गर्न देशका विभिन्न भूभागमा सशक्त अभियान सञ्चालन गरिरहेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव र मार्केटिङ प्रमुख अशोक कुँवरको नेतृत्वमा हालै लमजुङ, गोरखा, दमौली, कुश्मा, पोखरा, भैरहवा, दाङ, नेपालगञ्ज र धनगढी क्षेत्रहरूमा बीमा सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । 

    images
    images

    भ्रमणका क्रममा यादव र कुँवरले स्थानीय बीमा प्रतिनिधि, वित्तीय सल्लाहकार र ग्राहकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै बीमाको महत्व र सामाजिक सुरक्षा अभियानबारे जनचेतना फैलाउने प्रयास गरेका छन्। यस्तै, मार्केटिङ प्रमुख अशोक कुँवरले बीमालाई केवल व्यापार नभई सामाजिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिए। बीमा सचेतना फैलाउने क्रममा स्थानीय समुदाय र संस्थागत साझेदारहरूले लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको पहललाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय एजेन्ट तथा ग्राहकहरूले कम्पनीले बीमा सेवा विस्तारका लागि गरिरहेको प्रयासको प्रशंसा गर्दै यसले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

    कम्पनीले आगामी दिनमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने बताएको छ। सामाजिक सञ्जाल र स्थानीय कार्यक्रममार्फत बीमा संस्कृति विस्तारमा केन्द्रित रहेको लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले देशको दुर्गम क्षेत्रसम्म बीमाको पहुँच पुर्‍याउने दीर्घकालीन लक्ष्य अघि सारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend