images

२०८३ आश्विन २० गते

images
images
images

आलुखेतीबाट तीन महिनामै ८ लाख आम्दानी

आलुखेतीबाट तीन महिनामै ८ लाख आम्दानी

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • सुनसरीकाे भोक्राहा नरसिंह गाउँपालिका–७ का राजकिशोर मेहताले तीन बिघामा आलुखेती गरेर आठ लाख रुपैयाँ आम्दानी गरेका छन्। उनको सम्पूर्ण लागत खर्च हो, छ लाख । यो लागतमा उनले करिब १४ लाखको आलु उत्पादन गरेको बताए। तीन महिना मेहनत गरेर आलुखेतीबाट आठ लाख आम्दानी गरेको महतोको भनाइ छ ।  १४ लाखको आलु बिक्री गर्दा सबै खर्च कटाएर आठ लाख चोखो आम्दानी भएको उनले बताए। 

    images
    images

    ‘समस्या विभिन्न छन्, मजदुर, खाद्यमलको अभाव छ । तर तीन महिना मेहनत गरेर यो आम्दानी गर्न सफल भयौँ। यो स्वदेश मै केही गर्न सकिन्छ भन्ने उदाहरण पनि हो’, मेहताले भने।   क्राहाका अधिकांश किसानले हिउँदे बालीका रूपमा मुख्यगरी आलुखेती रोज्ने गरेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नीलकमल सिंहले जानकारी दिए। 

    यहाँ काडिनल, जनक, कुफरी जपी, भुटानी, सठिया, टिपिएसलगायत जातका आलु फल्ने गरेको उनले बताए। कृषि ज्ञान केन्द्र समग्रमा वार्षिक तीन हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। रासस

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend