images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • वैशाख११ देखि कक्षा १२ को परीक्षा,शिक्षकको...

वैशाख११ देखि कक्षा १२ को परीक्षा,शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

वैशाख११ देखि कक्षा १२ को परीक्षा,शिक्षकको आन्दोलन नरोकिए प्रभावित हुने

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौँ ।  कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सञ्चालन हुँदै छ  । तर, शिक्षकहरूले परीक्षाको व्यवस्थापन र सञ्चालनमा सहभागी नहुने घोषणा गरेकाले छन् । परीक्षा सञ्चालन गर्ने शिक्षकले नै सहभागी नहुने बताएपछि अन्योल भएको छ ।

    images
    images

    राष्ट्रिय परीक्षा बोडर्का अध्यक्ष महाश्रम शर्मा यहि गतिमा शिक्षकहरूको आन्दोलन जारी रहेमा परीक्षा प्रभावित हुने बताउँछन् । ‘आन्दोलन रोकिएन भने प्रभावित हुन्छ । परीक्षाको व्यवस्थापन गर्ने नै शिक्षक हो ।  तर, सरकार र शिक्षकको संवाद निष्कर्षमा पुग्छ भन्ने विश्वास छ’, उनले भने ।

    बोर्डले परीक्षाको तयारी पूरा गरेको उनले बताए । ‘बोर्डले तयारी गरेको छ  । व्यवस्थापन गर्न पनि भनेका छौं ।विद्यार्थीको भविस्य भनेको हामी सबैको भविष्य हो । कक्षा १२ उच्च शिक्षामा जाने परीक्षा हो ।अन्तर्राष्ट्रिय विषय पनि हो । एक दिन अफ्ट्यारो भ्स्यो भने पनि असर पर्छ’, उनले भने, ‘बोर्डले अनुरोध गरेको छ ।  सरकार र शिक्षकबीचको संवाद टुंगिन पर्‍यो ।’शिक्षकले परीक्षा नरोक्ने उनले विश्वास व्यक्त गरे । ‘आफैंले पढाएको विद्यार्थीको परीक्षा रोक्छौं भन्नु राम्रो होइन । शिक्षकले रोक्नु हुन्छ भन्ने विश्वास छैन’, उनले भने ।

    images
    images

    बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार परीक्षा दिने करिब ५ लाख विद्यार्थी छन् । उनले पनि परीक्षा नरोकिने बताए । ‘क्यालेन्डर बनाएर काम गरेका छौं । यो मितिमा परीक्षा हुने एक वर्षअघि नै थाहा थियो । परीक्षा प्रभावित हुँदैन भन्ने विश्वास छ’, उनले भने ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend