काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई दिइएको छ ।कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले डा. केसीलाई अर्को व्यवस्था नभइञ्जेलसम्मका लागि केसीलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् ।यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
पर्वत मोदी गाउँपालिका-५, का केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन् । यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो ।
७२ सालमा जापानका लागि राजदूत सिफारिस भएका उनी तत्काल सरकार परिवर्तनका कारण नियुक्त भने हुन पाएनन् । उनलाई मेरिट बेसको आधारमै जिम्मेवारी दिइएको हो ।




.gif)





