काठमाडौंःनेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलरको मूल्य स्थिर छ। पाउन्ड, कुबेती र बहराइन दिनार सहितका मुद्राको मूल्य आज घटेको छ।
त्यसैगरि आज अस्ट्रेलियन डलर, युरोसहितका मुद्राको विनियमदर भने बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा छ। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिले सम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७४ पैसा छ। हिजो युरो १ को खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा थियो। त्यस्तै आज पाउन्ड १ को खरिददर १७९ रुपैयाँ ७० पैसा र बिक्रीदर १८० रुपैयाँ ४९ पैसा छ। त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३६ र बिक्रीदर ८६ रुपैयाँ ७४ पैसा छ।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ८७ पैसा छ।
आज बहराइन दिनार १ को खरिददर ३६४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ९७ पैसा छ। यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुनेसमेत जनाइएको छ ।
राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर





.gif)





