images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • मुद्दती निक्षेपमा ९७ करोड रुपैयाँ लगानी...

मुद्दती निक्षेपमा ९७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

मुद्दती निक्षेपमा ९७ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं  । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले  उपदान तथा पेन्सन कोषमा रहेको ९७ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो  ।

    images
    images

    केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा उक्त परिमाण बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ। राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा ७७ करोड ६० लाख, विकास बैंकमा १४ करोड ५५ लाख र वित्त कम्पनीमा ४ करोड ८५ लाख रुपैयाँ लगानी गरिनेछ।

    सो मुद्दती निक्षेप ७ वैशाख २०८२ देखि ७ वैशाख २०८३ सम्म ३६६ दिनका लागि हुनेछ। यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आगामी ३ वैशाख साँझ ७ बजेभित्र आवेदन दिनुपर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend