images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि थप...

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि थप ३० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि थप ३० अर्ब तान्दै राष्ट्र बैंक

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण मार्फत पैसा खिचिरहेको छ।राष्ट्र बैंकले आज पनि थप ३० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

    images
    images

    निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend