काठमाडौंः राष्ट्र बैंकका अनुसार २० वटा वाणिज्य बैंकहरु मध्ये ३ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै रहेको छ । जसमध्ये, सबैभन्दा धेरै प्रतिसेयर आम्दानी (इपीएस) एभरेष्ट बैंकको देखिएको छ । यसको ८ महिनाको इपीएस २३.२४ रुपैयाँ (वार्षिकीकरण नगरिएको) रहेको छ ।
यस बैंकले फागुनसम्म ३ अर्ब रुपैयाँ नाफा कमाएको छ । सोही नाफालाई आधार मानेर प्रतिसेयर आम्दानी निकालिएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २० वटा बैंकले चालु आवको फागुनसम्म ४३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्षको यसै अवधिमा बैंकले ४२ अर्ब ३० करोड नाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार सबैभन्दा धेरै नबिल बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी भने १७.६९ रुपैयाँ छ । औसतमा बैंकहरुको प्रतिसेयर आम्दानी ११.७१ रुपैयाँ रहेको छ । सबैभन्दा कम कुमारी बैंकको इपीएस देखिएको छ । उल्लेखित प्रतिसेयर आम्दानी वार्षिकीकरण गरिएको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नाफा अनुसार प्रतिसेयर आम्दानी निकालिएको हो । लगानीकर्ताले यही डाटाबाट वार्षिकीकरण गरेर प्रतिसेयर आम्दानी पनि निकाल्न सक्नुहुनेछ।





.gif)





