काठमाडौंः ‘फेक बीमा काण्ड’ मुछिएका व्यक्ति चुणामणी चापागाईं नागरिक लगानीकोषको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका छन् ।
कोषको बिहीवार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चापागाईंलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । सोही बैठकमा सञ्चालक समिति समक्ष चापागाईंले सञ्चालक पदको शपथ समेत लिएका छन् ।
चापागाईं एक बीमा कम्पनीमा कार्यरत कर्मचारी हुन् । सेटिङ मिलाउन बाहेक खास उनको अर्को क्षमता छैन । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबाट करोडौको फेक पोलिसी जारी गरी उक्त बीमाको बीमा शुल्क नआउदै बिमितले ‘सरेण्डर’ गरी पैसा फिर्ता लिइएको थियो ।





.gif)





