images

२०८३ आश्विन २८ गते

images
images
images

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४ अर्ब, कुन बैंकको कति नाफा?

राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४ अर्ब, कुन बैंकको कति नाफा?

images
images
शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • काठमाडौँः संचालनमा रहेको राष्ट्रिय स्तरका विकास बैंकको नाफा ४ अर्ब पुगेको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्त सम्ममा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४ अर्ब ५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    images
    images

    यस समिक्षा अवधिमा गरिमा विकास बैंकले ८३ करोड ४८ लाख नाफा कमाएर पहिलो नम्बरमा रहन सफल भएको छ । यस अवधिमा बैंकले २८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।

    दोस्रो नम्बरमा मुक्तिनाथ विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढेर ७८ करोड ७८ लाख रुपैयाँ पुगेको छ । तेस्रो नम्बरमा साइन रेसुङ्गा बैंकको मुनाफा ८.०४ प्रतिशतले बढेर ५६ करोड ४८ लाख पुर्याउन सफल भएको छ।

    images
    images

    त्यस्तैगरि,महालक्ष्मी विकास बैंकको ३.४६ प्रतिशतले बढेर ४२ करोड १५ लाख, सांग्रिला डेभलपमेन्ट बैंकको ८९ प्रतिशतले बढेर ४० करोड ६६ लाख र कामना सेवा विकास बैंकको २.४८ प्रतिशतले घटेर ३७ करोड २० लाख रुपैयाँ पुगेको छ ।

    समिक्षा अवधिमा ज्योति विकास बैंकले ३६ करोड र लुम्बिनी विकास बैंकले ३१ करोड नाफा गरेका छन्।

    कुन बैंकको कति नाफा ?

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend