images

२०८३ आश्विन १६ गते

images
images
images

The Alert र AT Alert जस्ता शर्टकोडबाट आएका मेसेज नखोल्नू, यो फिशिङ हो - साइबर ब्युरो

The Alert र AT Alert जस्ता शर्टकोडबाट आएका मेसेज नखोल्नू, यो फिशिङ हो - साइबर ब्युरो

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौँ । नेपालमा डिजिटल भुक्तानी प्रयोगकर्तालाई लक्षित गर्दै फिशिङ आक्रमण हुन थालेपछि साइबर ब्युरोले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।बिहीबार एक सूचना जारी गर्दै ब्युरोले ‘The Alert’ र ‘AT Alert’ जस्ता नामबाट आउने मेसेजलाई बेवास्ता गर्न तथा आफ्ना व्यक्तिगत विवरण कसैलाई शेयर नगर्न आग्रह गरेको हो ।

    images
    images

    “…केही बैंकिङ, वालेटहरूका प्रयोगकर्ताहरूलाई ‘तपाईंको खातामा असामान्य गतिविधिहरू देखिएकोले तल उल्लेख गरिएको लिङ्कमा क्लिक गरी खाता प्रमाणीकरण गर्नुपर्ने, अन्यथा अस्थायी रूपमा खाता निलम्बन गरिने’ चेतावनीसहितको एसएमएस 'The Alert', 'AT Alert' जस्ता शर्टकोडमार्फत पठाई अनलाइन ठगी बढिरहेकोले, यस्ता लिङ्क क्लिक गरी आफ्नो विवरणहरू साझेदारी नगर्न तथा कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटप तथा अन्य स्मार्ट डिभाइसहरूमा इन्स्टल नगर्न साइबर ब्युरो अनुरोध गर्दछ,” सूचनामा भनिएको छ ।

    सामाजिक सञ्जालमार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, शेयर बजारसम्बन्धी तालिम लिन सकिने र त्यसका लागि उपलब्ध गराइएको लिङ्कमार्फत आवश्यक सफ्टवेयर (*.exe) फाइल इन्स्टल गर्नु पर्ने भनी फिशिङ लिङ्क पठाउने गरिएको पाइएको पनि ब्युरोले उल्लेख गरेको छ ।

    images
    images

    कसरी बच्ने ?

    • शंकास्पद मेसेजमा आएको लिंक नखोल्नुहोस् ।
    • अनधिकृत एप वा सफ्टवेयर इन्स्टल नगर्नुहोस् ।
    • बैंक विवरण कसैसँग शेयर नगर्नुहोस् ।
    • शङ्कास्पद गतिविधि भए सम्बन्धित बैंक, वित्तीय संस्था तथा डिजिटल वालेटलाई सम्पर्क गर्नुहोस् । साइबर ब्युरोमा उजुरी दिनुहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend