images

२०८३ आश्विन २८ गते

images
images
images

आज एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

आज एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । एनआईसी एशिया बैंकको ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिने आज चैत २८ गते अन्तिम दिन रहेको छ। बैंकले चैत २५ गतेदेखि १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०९१’ निष्काशन गरेको हो।

    images
    images

    बैंकले एक हजार रुपैयाँ अंकित दरमा ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। यसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणलाई छुट्याइएको हिस्साबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

    इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले यस ऋणपत्रलाई ‘आईआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व समयमै पुरा गर्न मध्यमस्तरको सुरक्षाको संकेत गर्दछ। लगानीकर्ताले कम्तीमा २५ कित्ता र अधिकतम २५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू तथा ‘मेरो शेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend