images

२०८३ आश्विन १८ गते

images
images
images

घ्यू र तेलमा सबैभन्दा उच्च मूल्यवृद्धि, फागुनमा औसत ३.७५ प्रतिशत कायम

घ्यू र तेलमा सबैभन्दा उच्च मूल्यवृद्धि, फागुनमा औसत ३.७५ प्रतिशत कायम

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं ।  गत फागुनमा औसत मूल्यवृद्धिदर ३.७५ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धिदर ४.८२ प्रतिशत रहेको थियो ।

    images
    images

    सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धिदर ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९७ प्रतिशत छ। गत वर्षको सोही अवधिमा यी समूहको मूल्यवृद्धिदर क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले औल्याएको छ ।

    गत फागुनमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि १३.७४, दाल तथा गेडागुडीको ७.८०, फलफूलको ६.८२ र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । तर, मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.१७, तरकारीको १.२४ र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images

    गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १०.१४, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१, मदिराजन्य पेय पदार्थको ६.०७, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ र यातायातको ५.०७ प्रतिशतले बढेको बताइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend