images

२०८३ आश्विन २० गते

images
images
images

फागुनमा भित्रियो डेढ खर्ब रेमिट्यान्स, ८ महिनामा साढे १० खर्ब नाघ्यो

फागुनमा भित्रियो डेढ खर्ब रेमिट्यान्स, ८ महिनामा साढे १० खर्ब नाघ्यो

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै डेढ खर्बभन्दा बढीले रेमिट्यान्स आएको छ । आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स आउदा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो ।नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले प्रकाशित गरेको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनमा चालु आवमा रेमिट्यान्स ९.४ प्रतिशतले बढेको उल्लेख छ ।

    images
    images

    फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको छ । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अमेरीकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको हो । माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढेको हो ।

    यस्तै चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो।वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या यस अवधिमा उल्लेख्य बढेको छ । गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए। त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ८२ हजार ७८३ थियो । चालु आर्थिक वर्षको फागुनसम्स अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको छ।

    images
    images

    फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend