images

२०८३ आश्विन २० गते

images
images
images

आठ महिनामा सात अर्ब २८ करोड राजश्व सङ्कलन

आठ महिनामा सात अर्ब २८ करोड राजश्व सङ्कलन

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • तिनाउ (रूपन्देही) । आन्तरिक राजश्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्ममा सात अर्ब २८ करोड ६४ लाख रुपियाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउनदेखि फागुन मसान्तसम्म ८ महिनामा वार्षिक लक्ष्यको ९० दशमलव ५ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

    images
    images

    राजस्व विभागले आन्तरिक राजश्व कार्यालयलाई आठ अर्ब ९ करोड १६ लाख रुपियाँ असुलीको लक्ष्य दिएको थियो । विगतका वर्षहरुमा विभागले दिएको लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकेपनि आन्तरिक राजश्व कार्यालय भैरहवाले शतप्रतिशत राजश्व सङ्कलन गर्न नसकेता पनि चालु वर्षको ८ महिनामा लक्ष्यको ९० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोखेलले बताउनुभयो । 

    कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामध्ये भदौ, असोज र फागुनमा राजस्व विभागद्वारा तोकिए अनुसारको राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । उहाँले विगतको तुलनामा यस आर्थिक वर्षमा उल्लेखनीय रूपमा राजस्व सङ्कलन गर्न सफल भएको बताउनुभयो । कार्यालयले फागुनमा विभागले दिएको ९४ करोड ६ लाखको लक्ष्यमा ९४ करोड ६२ लाख सङ्कलन गरेको छ । यो लक्ष्यको १०० दशमलव ६० प्रतिशत हो । गत आर्थिक वर्षको फागुन महिनामा सङ्कलित राजस्वसँग तुलना गर्दा चालु आर्थिक वर्षको फागुनको तुलनामा २०.८० प्रतिशत अर्थात् १६ करोड २९ लाख रुपियाँ बढी हो । कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा आयकरतर्फ १ अर्ब ३ करोड २१ लाख, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब २६ करोड २३ लाख र अन्तःशुल्कबापत ४ अर्ब ८५ करोड ६७ लाख रुपियाँ सङ्कलन गरेको छ ।

    images
    images

    बजार अनुगमन, करको दायरामा नआएका र छुटेकाहरूलाई दायरामा ल्याउने, आम सर्वसाधारणमा कर शिक्षा प्रवाह, कर छली गर्नेलाई कारबाही, कर बक्यौता असुली लगायतका काममा समेत कार्यालयको टीम लाग्दा राजस्व सङ्कलनको लक्ष्य नजिक पुगेको प्रमुख कर अधिकृत पोख्रेलले बताउनुभयो । ‘"अहिले कर बुझाउनुपर्छ, करको दायरामा जानुपर्छ भन्ने भावना आम नागरिकमा देखिएकाले पनि सबैमा करको सचेतना बढ्दै गएको भन्ने महसुस भएको छ, यसले राजस्व सङ्कलनमा सुधार भएको छ", उहाँले भन्नुभयो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend