images

२०८३ आश्विन १६ गते

images
images
images

वैशाख ७ देखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खुल्ने

वैशाख ७ देखि राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र खुल्ने

images
images
बुधवार, चैत्र २७ २०८१
बुधवार, चैत्र २७ २०८१
  • काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो ।जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।

    images
    images

    पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ । जुन रेटिङले ऋणपत्रमा लगानी सुरक्षा मजबुत रहेको जनाउँछ ।

    गत पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ नै ३२९ रुपैयाँ ८४ पैसा छ । १ अर्ब २५ करोड सञ्चित नोक्सानी छ । यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend