images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • बेकोको उत्पादनमा ‘अनबक्स् ह्याप्पिनेस’ नयाँ वर्ष...

बेकोको उत्पादनमा ‘अनबक्स् ह्याप्पिनेस’ नयाँ वर्ष उपहार योजना

बेकोको उत्पादनमा ‘अनबक्स् ह्याप्पिनेस’ नयाँ वर्ष उपहार योजना

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौँ । युरोपको नं. १ ब्राण्ड तथा चौधरी ग्रुप अन्तर्गत रहेको निकै लोकप्रिय तथा भरपर्दाे अन्तर्राष्ट्रिय होम एप्लाएन्स् ब्राण्ड बेकोले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा ग्राहकहरुको उल्लासलाई झनै दोब्बर बनाउन विशेष उपहार योजनासँगै आफ्ना विभिन्न सामानरुको खरिदमा रु. ४१ हजार ४०० सम्मको बचत गर्ने मौका र आकर्षक क्यास ब्याक उपहार योजना “अनबक्स् ह्याप्पिनेस” भन्ने नाराका साथ बजारमा ल्याएको छ । 

    images
    images

    नयाँ वर्षको शुभ अवसरमा बेकोको विभिन्न घरायसी सामानहरु जस्तै रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर तथा फ्रि स्टेंडिङ ओभनको खरिद गर्दै ग्राहकहरुले आप्mनो घरमा नयाँपनको हर्षका साथै विभिन्न आकर्षक उपहार तथा हरेक खरिदमा आकर्षक बचत पाउँदै अब उत्सवको खुशीयाली झनै बढाउन सक्ने विश्वास कम्पनीले लिएको जनाएको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटीका सामानका साथै १०० प्रतिशत पार्ट्स् उपलब्धता तथा सर्भिस ग्यारेन्टीलगायत बेकोको अन्तर्राष्ट्रिय विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा रमाउन सक्ने सीजीको विश्वास छ । 

    यस योजना अन्तर्गत बेको सिंगल डोर रेफ्रिजरेटरको खरिदमा आकर्षक क्यासब्याक, डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन, वाशिङ मेशिनमा निःशुल्क ६ के.जी. एरियल म्याटिक, एयर कन्डिशनरमा निःशुल्क जडान, डिशवाशरमा निःशुल्क २ प्याकेट डिशवाशर किट तथा फ्रि स्टेंडिङ ओभनमा निःशुल्क सि.जी. प्रेसर कुकर जित्ने अवसर रहेको छ । यो योजना चैत २४ देखि देशभर सीमित अवधिको लागि लागू गरिएकोसमेत सीजीले जनाएको छ ।

    images
    images

    साथै सीजी इलेक्सको वेब साइटमा गई आफ्ना पुराना सामानहरुको एक्सचेन्जसमेत गर्न सक्ने सीजीले जनाएको छ । शून्य प्रतिशत ईएमआईमा सामानहरु खरिदसमेत गर्न सक्ने सीजीले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend