images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • प्रयोगकर्ता उच्च गतिमा विद्युतीय भुक्तानीमा...

प्रयोगकर्ता उच्च गतिमा विद्युतीय भुक्तानीमा आकर्षण,नगद कारोबार घट्दै

प्रयोगकर्ता उच्च गतिमा विद्युतीय भुक्तानीमा आकर्षण,नगद कारोबार घट्दै

images
images
मंगलवार, चैत्र २६ २०८१
मंगलवार, चैत्र २६ २०८१
  • काठमाडौं । भुक्तानी प्रणालीमा गरिएको आधुनिकीकरणसँगै पछिल्ला वर्षहरूमा नेपालमा नगद कारोबार घट्दै उच्च गतिमा विद्युतीय भुक्तानीको क्रम बढेको छ । बैकिङ पूर्वाधार र प्रविधिको विकास तथा कानुनी व्यवस्था सुदृढ हुँदै गएसँगै विद्युतीय भुक्तानी सेवा प्रयोगकर्ताको संख्यामा उल्लेख्य वृद्धि भएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ।

    images
    images

    राष्ट्र बैंकका अनुसार अहिलेसम्म मोबाइल बैंकिङ खाताको संख्या २ करोड ६५ लाख, डेबिट कार्डको संख्या १ करोड ३४ लाख र वालेट खाताको संख्या २ करोड ५८ लाख पुगेको छ । मोबाइल बैंकिङ ग्राहकको जनसंख्यामा अनुपात २०७७ साउनको ४० प्रतिशतबाट बढेर ८९ प्रतिशत पुगेको छ । त्यस्तै, वालेट खाताको अनुपात २२ प्रतिशतबाट ८६ प्रतिशत पुगेको छ ।राष्ट्र बैंकले प्रकाशित गरेको पछिल्लो पाँच वर्षको तथ्यांकमा २०७७ साउनदेखि २०८१ माघसम्म वालेट खातामा ४.१२ गुणा, प्रिपेड कार्डमा ३.८८ गुणा र मोबाइल बैंकिङमा २.३२ गुणा वृद्धि भएको छ। यसैगरी नगदरहित कारोबारलाई प्रश्रय दिन क्यूआर कोडमार्फत भुक्तानीलाई प्राथमिकता दिइएसँगै उक्त माध्यममा पनि तीव्र विस्तार भएको देखिएको छ ।

    २०७८ असारमा २ लाख ८२ हजार मात्र रहेको क्यूआर मर्चेन्टको संख्या २०८१ पुससम्ममा २३ लाख ४२ हजार पुगेको छ । आर्थिक वर्ष २०७७-७८ मा ५५ लाख क्यूआर कारोबारबाट २० अर्ब २८ करोड रुपियाँको कारोबार भएकोमा २०८०-८१ मा १६ करोड ९३ लाख कारोबारमार्फत् करिब ५ सय अर्ब रुपियाँ बराबरको कारोबार भएको छ। विद्युतीय कारोबारको औसत वृद्धि दर पनि उच्च छ । आर्थिक वर्ष २०७८-७९ देखि २०८०-८१ सम्म विद्युतीय कारोबार संख्यामा औसत ४३.५ प्रतिशत वृद्धि भएको छ भने रकममा २३.७ प्रतिशतले बढेको छ। क्यूआर कोडमार्फत हुने कारोबारको संख्यामा वार्षिक करिब २३० प्रतिशत र रकममा २१० प्रतिशतको औसत वृद्धि देखिएको छ ।

    images
    images

    यसैगरी एटीएमबाट हुने नगद भुक्तानीको हिस्सा २०७७-७८ मा १६.३५ प्रतिशतबाट घटेर २०८०-८१ मा ९.७ प्रतिशतमा झरेको छ। सो अवधिमा मोबाइल बैंकिङबाट हुने कारोबारको हिस्सा २४ प्रतिशतबाट ३१ प्रतिशत पुगेको छ भने क्यूआर कोडबाट हुने कारोबार १ प्रतिशतबाट १२ प्रतिशत पुगेको छ। रिटेल पेमेन्ट स्वीच सञ्चालनमा आएसँगै देशभरका भुक्तानी प्रणालीहरू एकीकृत हुँदै गएका छन्। ठूला रकमको कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ प्रणाली मार्फत २०८०-८१ मा ८ लाख ९ हजार कारोबार गरी ३८५ खर्ब २० अर्ब रुपियाँ भुक्तानी गरिएको छ।

    अन्तरदेशीय कारोबारको सहजता वृद्धिमा पनि महत्वपूर्ण प्रगति देखिएको छ । भारतसँगको सहकार्यमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडमार्फत क्यूआर कोड आधारित अन्तरदेशीय भुक्तानी प्रणाली सञ्चालनमा आएको छ। २०८० फागुनबाट सुरू भएको यस प्रणालीमार्फत २०८१ माघ मसान्तसम्ममा ५ लाख १९ हजार कारोबारबाट १ अर्ब ४९ करोड रुपियाँको कारोबार सम्पन्न भएको छ । त्यस्तै अलिपे, विच्याट, युनियनपे मार्फत एक वर्षको अवधिमा १०.१२ करोड बराबरको करिब ५१०० कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले विदेशमा जारी भएका भुक्तानी उपकरणहरूको प्रयोग गरी नेपालमा भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनका लागि भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई स्वीकृति प्रदान गरेसँगै उक्त कारोबार भएको हो । ‘यूपीआई अक्वायरिङ सेवा’ (विदेशीले नेपालमा क्यूआर प्रयोग गरी तिर्ने रकम)बाट मात्रै ५ लाख १९ हजार ३१ कारोबार भएको थियो । यसबाट करिब १ अर्ब ४९ करोड रुपैयाँ बराबर रकम प्राप्त भएको छ ।

    साथै नेपालको फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई भारतको युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणालीसँग आबद्ध भई गरिएको छ । राष्ट्र बैंकले ९ वटा भुक्तानी प्रणाली सञ्चालक र २५ वटा भुक्तानी सेवा प्रदायक संस्था, २० वटा वाणिज्य बैंक, १७ विकास बैंक, १५ वित्त कम्पनी र ११ वटा लघुवित्त वित्तीय संस्थाले भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त गरेका छन्। नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सुरक्षालाई उच्च प्राथमिकता दिँदै साइबर सुरक्षासम्बन्धी संरचना तथा नियमनलाई पनि सुदृढ बनाइरहेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend