images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • स्थानीयको अवरोध पछि नागढुंगा सुरुङमार्ग निर्माण...

स्थानीयको अवरोध पछि नागढुंगा सुरुङमार्ग निर्माण कार्य ठप्प

स्थानीयको अवरोध पछि नागढुंगा सुरुङमार्ग निर्माण कार्य ठप्प

images
images
सोमवार, चैत्र २५ २०८१
सोमवार, चैत्र २५ २०८१
  • काठमाडौंः तीन सातादेखि सुरु भएको नागढुंगा सुरुङमार्ग निर्माणमा स्थानीयको अवरोध अझै हट्न सकिराखेको छैन । 

    images
    images

    खानेपानी लगायत विभिन्न माग गर्दै आएका स्थानीयको माग सरकारले पूरा गर्न नसक्दा अवरोध हट्न नसकेको जानाकारी गराएका ।

    यही चैत ३ गतेदेखि स्थानीयले खानेपानी, चर्किएका घरहरूको क्षतिपूर्ति, खतीयोग्य जमिनमा सिँचाइको व्यवस्था गरिनुपर्ने लगायत विभिन्न माग गर्दै अवरोध सिर्जना गरेका छन् । स्थानीयले आफ्ना माग पूरा नगरेसम्म काम गर्न नदिने अडान समेत राखेका छन् । 

    images
    images

    सोही दिनदेखि निर्माण ठप्प भएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताएका छन् । साथै उनीहरूको प्रमुख माग पूरा गर्न खानेपानी मन्त्रालयमा फाइल पठाइएको उनले बताएका छन । 

    ‘उहाँहरू पछि हट्नु भएको छैन । योजना समावेश गरिनुपर्छ भन्ने माग छ,’ उनले भने, ‘नयाँ योजना समावेश गर्न समय लाग्छ । हामीसँग कोअर्डिनेसन गर्न पनि आउनुभएको छैन । त्यसैले गर्दा अहिलेसम्म पनि अवरोध हटेको छैन ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend