images

२०८३ आश्विन २७ गते

images
images
images

दैनिक सेयर कारोबारमा नयाँ रेकर्ड

दैनिक सेयर कारोबारमा नयाँ रेकर्ड

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • काठमाडौं- सेयर बजारमा बुधबार करिब २२ अर्बको कारोबार भएको छ। ५० करोड ९६ लाख कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ९१ करोडभन्दा बढीको कारोबार भएको हो।

    images
    images

    धितोपत्र दोस्रो बजारमा यो हालसम्मकै उच्च मूल्यको दैनिक कारोबार हो। यसअघि २०७८ साउन ३१ गते २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो।

    नेप्से परिसूचक आज ६४.२५ अंकले बढेर २७६०.९० अंकमा उक्लिएको छ। कारोबार भएका कम्पनीमध्ये १९१ वटाको सेयर मूल्य बढ्यो भने ४४ वटाको घट्यो। सात वटा कम्पनीको मूल्य स्थिर रह्यो।

    images
    images

    आज सबैभन्दा बढी कमाउनेमा युनाइटेड अजोड इन्स्योरेन्स, गोर्खाज फाइनान्स, श्री इन्भेस्टमेन्ट फाइनान्स, रिलायन्स फाइनान्स र दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ता छन्।

    यसैगरी गुमाउनेमा सिभिल बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, उपकार लघुवित्त, एसियन हाइड्रो र एसबिएल डिबेन्चरका लगानीकर्ता छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend