images

२०८३ आश्विन १६ गते

images
images
images

रवि लामिछानेलाई आज विमानमार्फत् भैरहवा लगिने

रवि लामिछानेलाई आज विमानमार्फत् भैरहवा लगिने

images
images
शनिवार, चैत्र २३ २०८१
शनिवार, चैत्र २३ २०८१

  • काठमाडौंः सहकारी ठगी र संगठित अपराधको आरोपमा उच्च अदालत बुटवल इजलासको आदेशले पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमै राखिएको छ ।

    images
    images

    बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।

    उनलाई आज विमानमार्फत् भैरहवा लगिने बताइएको छ ।

    images
    images

    उच्च अदालत बुटवल इजलासले रुपन्देही जिल्ला अदालतले दिएको एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश बदर गरेको थियो ।

    बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटी माग गरेको थियो । तर जिल्लाको आदेश उच्च अदालतले बदर गरिदिएपछि लामिछाने पक्राउ परेका हुन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend