images

२०८३ आश्विन १८ गते

images
images
images

उत्कृष्ट बहुराष्ट्रिय कम्पनीका रूपमा एनसेल सम्मानित

उत्कृष्ट बहुराष्ट्रिय कम्पनीका रूपमा एनसेल सम्मानित

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेल ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ बाट सम्मानित भएको छ । कम्पनीले बिहीबार यो सम्मान बहुराष्ट्रिय कम्पनीको विधामा ‘मल्टिनेसनल कम्पनी अफ द इयर’का रूपमा पाएको हो ।

    images
    images

    रक्षामन्त्री मानवीर राई, कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, उद्योग वाणिज्य महासंघकी भूतपूर्व अध्यक्ष भवानी राणा, कर्पोरेट मिडिया ग्रुपकी उपाध्यक्ष सुष्मा महराले संयुक्त रूपमा यो अवार्ड एनसेललाई प्रदान गरे । एनसेलका तर्फबाट कम्पनीकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर पुनम सिंहले यो अवार्ड ग्रहण गरिन् ।

    एनसेल देशमा सञ्चार तथा सूचना प्रविधिको विकासमा ठूलो भूमिका खेल्दै विगत दुई दशकदेखि अत्यावश्यक दूरसञ्चार सेवा प्रदान गर्दै आएको कम्पनी हो । र, सबैभन्दा धेरै कर तिर्ने ठूलाकरदातामध्ये एक हो ।स्थापनाकालदेखि गत आर्थिक वर्ष २०८०/८१ सम्ममा कम्पनीले कर र शुल्कबापत ३२० अर्ब रुपैयाँभन्दा बढी योगदान गरिसकेको छ । 

    images
    images

    यस्तै, कम्पनीले शिक्षा, वातावरण र स्वास्थ्यजस्ता प्राथमिक क्षेत्रमा केन्द्रित रही आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)अन्तर्गत दुई अर्बभन्दा बढीको योगदान गरिसकेको छ । त्यसले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य हासिल गर्न सरकारलाई सहयोग पुर्‍याएको छ ।

    कर्पोरेट मिडिया ग्रुपको १७औँ संस्करणको ‘कर्पोरेट बिजनेस अवार्ड २०२५’ को समारोहमा यो सम्मान एनसेललाई प्रदान गरिएको हो । ग्रुपले आफ्नो कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै विभिन्न उद्योग, व्यवसाय क्षेत्रका प्रतिष्ठित संघसंस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend