images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • आईफोनको मूल्य बढ्ने खतरा, १६ प्रो...

आईफोनको मूल्य बढ्ने खतरा, १६ प्रो म्याक्स किन्न ३ लाख १३ हजार रुपैयाँ चाहिने !

आईफोनको मूल्य बढ्ने खतरा, १६ प्रो म्याक्स किन्न ३ लाख १३ हजार रुपैयाँ चाहिने !

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नयाँ करका कारण आईफोनको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने विश्लेषण गरिएको छ । चीनमा बनेका आईफोनमा ५४ प्रतिशत कर लाग्ने भएकाले एप्पल कम्पनीले यो लागत उपभोक्तालाई नै तिराएमा मूल्यमा भारी वृद्धि हुने विश्लेषकहरूले बताएका छन् ।समाचार एजेन्सी रोयटर्स कुरा गर्दै रोसेनब्लाट सेक्युरिटिजका विश्लेषकले सबैभन्दा सस्तो आईफोन १६ को अन्तर्राष्ट्रिय बजारमूल्य हाल ७९९ अमेरिकी डलर रहेकोमा ४३ प्रतिशत वृद्धि भएमा १,१४२ डलरसम्म पुग्न सक्ने प्रक्षेपण गरेका छन् । त्यस्तै, १६ प्रो म्याक्सको मूल्य १,५९९ डलरबाट २,३०० डलर (तीन लाख १३ हजार ७०० रुपैयाँ बढी) सम्म पुग्न सक्नेछ ।

    images
    images

    ट्रम्पले अमेरिकी कम्पनीहरूलाई उत्पादन अमेरिका वा मेक्सिकोमा सार्न दबाब दिन चीनबाट आयात हुने वस्तुहरूमा कर लगाएका हुन् । यसअघि एप्पलले केही उत्पादनमा छुट पाएको थियो । तर यसपटक कुनै छुट दिइएको छैन ।रोसेनब्लाट सेक्युरिटिजका विश्लेषक बार्टन क्रोकेटले एप्पललाई यसपटक छुट नदिइएकोमा आश्चर्य व्यक्त गरेका छन् । “हामीले सोचेको भन्दा फरक भइरहेको छ,” उनले भने ।सीएफआरए रिसर्चका इक्विटी विश्लेषक एन्जेलो जिनोका अनुसार एप्पलले लागतको पाँचदेखि १० प्रतिशतभन्दा बढी उपभोक्तालाई तिराउन सक्ने अवस्था छैन । “हामी एप्पलले आईफोन १७ लन्च नभएसम्म मूल्य नबढाउने अपेक्षा गर्छौं,” उनले भने ।

    भियतनाम र भारतमा उत्पादन बढेपनि अधिकांश आईफोन चीनमै बन्छन् । भियतनाममा ४६ प्रतिशत र भारतमा २६ प्रतिशत कर लाग्नेछ । काउन्टरपोइन्ट रिसर्चका सह-संस्थापक नील शाहका अनुसार एप्पलले आयात शुल्कको भार कम गर्न औसतमा ३० प्रतिशतसम्म मूल्य बढाउनुपर्ने हुन्छ ।मूल्यमा भारी वृद्धि भएमा आईफोनको माग घट्नसक्ने र सामसङलाई फाइदा पुग्ने अनुमान गरिएको छ ।रोसेनब्लाट सेक्युरिटिजका क्रोकेटले यो करका कारण एप्पललाई ४० अर्ब डलरसम्मको नोक्सानी हुनसक्ने अनुमान गरेका छन् । एप्पल, चीन र ह्वाइटहाउसबिच वार्ता हुने सम्भावना रहेको पनि उनले उल्लेख गरे । “ट्रम्पले एप्पललाई यस्तो क्षति पुर्‍याउलान् भन्ने कल्पना गर्न गाह्रो छ, तर अहिलेको अवस्था निकै कठिन छ,” उनले थपे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend