images

२०८३ आश्विन १९ गते

images
images
images
  • बैंक वित्त
  • नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने...

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । विश्व  बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।ब्यांकले गत वर्षको तुलनामा यस वर्ष अर्थतन्त्रले विस्तारको गति धेरै हुने अनुमान गरेको हो। गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.९ प्रतिशतले वृद्धि भएको थियो। गत असोजको बाढी र विपत्तिका बावजूद मध्यमस्तरको आर्थिक वृद्धि हुने ब्यांकले जनाएको छ।विश्व बैंकद्वारा बिहीबार सार्वजनिक गरिएको नेपाल विकास प्रतिवेदनका अनुसार आन्तरिक व्यापार, जलविद्युत् तथा धान उत्पादनको वृद्धिका कारण आर्थिक वृद्धि सुधारका लागि मुख्य योगदान पुगेको छ। गत वर्षको तुलनामा बजारमा किनमेल बढेको तथा जलविद्युत् उत्पादन थपिएको लाभ अर्थतन्त्रलाई पुगेको हो। यस वर्ष प्रमुख कृषि बाली धानको उत्पादन पनि अहिलेसम्मकै धेरै हुन पुगेको थियो।

    images
    images

    प्रतिवेदनले आगामी दुई आर्थिक वर्षमा नेपालको अर्थतन्त्रले औसत ५.४ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको छ। यो वृद्धिमा सेवा क्षेत्रको प्रभाव उल्लेख हुने आकलन गरिएको छ।विश्व  बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय विभागीय निर्देशक डेभिड सिसलेनले भने, “नेपालले आवश्यक रोजगारी सिर्जना गर्न निजी क्षेत्रले अगुवाइ गरेको आर्थिक वृद्धिलाई बढावा दिनु अत्यावश्यक छ। यसलाई हासिल गर्नका लागि प्रमुख संरचनागत सुधारहरू कार्यान्वयन गर्न आवश्यक छ।”

    प्रतिवेदनले नेपालको आर्थिक परिदृश्यमा रहेका सम्भावित जोखिम खासगरी अपेक्षित प्रतिफल कम भएर लगानी निरुत्साहित भएको विषयलाई पनि औंल्याएको छ। साथै, भू-राजनीतिक र व्यापार सम्बन्धी अनिश्चितताबारे पनि उल्लेख गरिएको छ।यस्तो जोखिमका कारण नेपालको वित्तीय क्षेत्रमा ऋणको गुणस्तरमा थप गिरावट आउन सक्ने सम्भावना रहेको जनाएको छ। साथै, सरकारले बारम्बार कर्मचारीको सरुवा गर्ने कारण उत्पन्न हुने नीतिगत असंगतिको जोखिम तथा पूँजीगत बजेट कार्यान्वयनमा हुने ढिलाइका सम्बन्धमा पनि प्रतिवेदनले उल्लेख गरेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend