images

२०८३ आश्विन २० गते

images
images
images

आगामी आवमा प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँटको रकम सार्वजनिक (पुर्णपाठ)

आगामी आवमा प्रदेश र स्थानीय तहलाई दिने राजस्व बाँडफाँटको रकम सार्वजनिक (पुर्णपाठ)

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । काठमाडौं संघीय सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम सार्वजनिक गरेको छ। 

    images
    images

    अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ मा प्रदेश सरकार तथा स्थानीय तहलाई उपलब्ध गराउने राजस्व बाँडफाँटको अनुमानित रकम बिहीबार सार्वजनिक गरेको हो। 

    मन्त्रालयले ७ वटै प्रदेश सरकारलाई गरी ७८ अर्ब ८५ लाख रुपैयाँ राजस्व बाँडफाँटबापत् उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयले प्रदेश र स्थानीय तहको लागि सो रकमको अनुमान गरेको हो ।

    images
    images

    मन्त्रालयले बाग्मती प्रदेशलाई ११ अर्ब ५२ करोड, मधेस प्रदेशलाई १२ अर्ब ३५ करोड, कोशी प्रदेशलाई १२ अर्ब ३९ करोड  राजस्व बाँडफाटबाट दिईने अनुमान गरेको छ । त्यस्तै, राजस्व बाँडफाटबाट गण्डकी प्रदेशले ९ अर्ब ७९ करोड, लुम्बिनी प्रदेशले ११ अर्ब ६६ करोड, कर्णाली प्रदेशले १० अर्ब २७ करोड र सुदुरपश्चिम प्रदेशले ९ अर्ब २७ करोड पाउनेछन् । यसका साथै मन्त्रालयले प्रदेश सरकार तथा स्थानीय तहले सरकारबाट पाउने न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम पनि सार्वजनिक गरेको हो ।

    न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम सबै प्रदेश सरकारको गरेर ६० अर्ब ६६ करोड रहेको छ । स्थानीय तहमा भने न्यूनतम, सुत्रमा आधारित र कार्य सम्पादनमा आधारित वितीय समानीकरण अनुदान रकम ८८ अर्ब ९६ करोड रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend