images

२०८३ आश्विन २० गते

images
images
images

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक टोखा कै भएको पहिचान

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक टोखा कै भएको पहिचान

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिक पहिचान भएको छ । राजश्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।

    images
    images

    गत चैत ४ गते राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।भोटेकोशी गाउँपालिका–१ का लामाले चालक सिट पछाडि फल्स बटम बनाएर रकम राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

    राजश्व अनुसन्धान विभागको अहिलेसम्मको अनुसन्धाबाट उक्त रकम पौडेलले दिएको खुल्न आएको एक अधिकृतले अनलाइनखबरलाई जानकारी दिए । पौडेललाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी जारी भइसकेको छ ।

    images
    images

    चालक लामाको बैंक खाताको विवरण हेर्दा अस्वभाविक कारोबार देखिएको प्रहरीले जनाएको छ । जसको सीडीआर विश्लेषणबाट पौडेलको मोबाइलमा अन्तिम पटक सम्पर्क भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।उक्त व्यक्तिलाई पक्राउ गरेर विभागमा जिम्मा लगाउन प्रहरीलाई पत्राचारसमेत गरेको छ ।साथै, उनको मोबाइल नम्बरको सीडीआर विश्लेषण गर्दै अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।

    सीसीटीभी फुटेज र डिजिटल डिभाइसको विश्लेषण, उनको घर, कारोबार स्थल, गोदाम लगायतका ठाउँमा प्रहरीले खानतलासी पनि गरेको छ । सो क्रममा विभिन्न दशी बरामद भएको प्रहरीले जनाएको छ ।उक्त ट्रक ग्यारेज, पार्किङस्थल र विभिन्न गोदाममा समेत गएको देखिएको र खानतलासी पनि भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend