images

२०८३ आश्विन २० गते

images
images
images

विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० अर्ब बढ्यो , कुल सम्पत्ति कति ?

विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० अर्ब बढ्यो , कुल सम्पत्ति कति ?

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति एक वर्षमै ३० अर्ब बढेको भएको छ । अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको तथ्यांकअनुसार एक वर्षको अवधिमा चौधरीको सम्पत्ति सो दरमा बढेको हो । उनी फोर्ब्सको सूचीमा १७६३ औं नम्बरमा परेका छन् ।

    images
    images

    फोर्ब्सले सार्वजनिक गरेको सन् २०२५ को धनीहरुको सूचीअनुसार विनोद चौधरीको सम्पत्ति एक बर्षमै ३० अर्ब रुपैयाँले बढेको देखिन्छ । यससँगै उनको अबको कुल सम्पत्ति २ खर्ब ७५ अर्ब पुगेको छ ।

    अमेरिकी म्यागेजिनले प्रत्येक वर्ष अर्बपतिहरुको सूची सार्वजनिक गर्दै आइरहेको छ । यो सूचीमा चौधरीको सम्पत्ति सन् २०१८ मै १.७० अर्ब अमेरिकी डलर थियो । तर, कोरोना महामारीका कारणले उनको सम्पत्ति घटेर १.४० अर्ब डलरमा आइपुगेको थियो । जबकि, सन् २०२३ मा आएर भने चौधरीले आफ्नो स्थान सुधार गरेका थिए । चौधरी सिजी ग्रुपका प्रमुख हुन् । उनको नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा व्यापार फैलिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend