images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • अब ५०० रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा...

अब ५०० रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

अब ५०० रुपैयाँसम्म फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नेपाल क्लियरिङ हाउसले रिटेल पेमेन्ट स्वीचमा मार्फत हुने ५०० रुपैयाँ सम्मको फण्ड ट्रान्स्फरमा कुनै शुल्क नलाग्ने व्यवस्था गरेको छ ।कनेक्सट आईपीएसको वेब÷मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आईपीएस मार्फत मोबाईल वालेटमा गरिने क्यास आउट, इनलाई पूर्ण रुपमा निःशुल्क गरिएको जनाएको छ ।

    images
    images

    चैत्र १९ गतेबाट उक्त व्यवस्था कनेक्ट आईपीएसमा कार्र्यान्वयनमा आइसकेको छ भने बैंक वित्तीय संस्था र वालेटहरुले आफ्ना प्रणालीहरुमा आवश्यक व्यवस्था मिलाए पछी मोबाइल बैंकिङ्ग तथा वालेटमा पनि क्रमिक रूपमा लागू हुने कम्पनीले जनाएको छ । आरपीएस मार्फत हुने अन्य च्यानलहरु र कारोबारहरुमा भने कारोबार रकमको आधारमा हाल कायम रहेको २ रुपैयाँ र ८ रुपैयाँ कारोबार शुल्कको व्यवस्था यथावत रहने छ ।

    कारोबार संख्यामा बृद्धी सँगै कारोबार शुल्क समायोजन गर्ने नीति एनसीएचएलले लिँदै आएको जनाएको छ । आरपीएस मार्फत गत आर्थिक वर्षमा ५६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको ७ करोड ५६ लाख रुपैयाँ भुक्तानी कारोबारहरु फर्छ्यौट गरेको जनाएको छ । चाल आर्थिक वर्षको आठ महिनामा ४५ खर्ब ५३ अर्ब बराबरको ६ करोड ८३ लाख भुक्तानी कारोबारहरु फर्छ्यौट गरिसकेको जनाएको छ ।

    images
    images

    हाल ५२ बैंक वित्तीय संस्थाहरुको मोबाईल बैंकिङ्ग एपमा आरपीएस कनेक्ट आईपीएसबाट फण्ड ट्रान्स्फर गर्न सकिने सेवा उपलब्ध रहेको छ । १३ भन्दा बढि वालेटहरुमा बैंक खाताबाट क्यास इन आउटको सेवा उपलब्ध रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend