images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • ब्रोकर कम्पनीहरू मर्जरमा जान सेबोनले जारी...

ब्रोकर कम्पनीहरू मर्जरमा जान सेबोनले जारी गर्‍यो निर्देशिका

ब्रोकर कम्पनीहरू मर्जरमा जान सेबोनले जारी गर्‍यो निर्देशिका

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरू मर्जरमा जाने बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१ जारी गरेसँगै ब्रोकर कम्पनीहरूलाई मर्जरमा जाने बाटो खुलेको हो ।धितोपत्र दलाल वा धितोपत्र व्यापारीको अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी कार्यलाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बोर्डले यो निर्देशिका बनाएको जनाएको छ ।

    images
    images

    सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरुलाइ तीन वर्षभित्र तोकिएको चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो । चुक्ता पुँजी कायम गर्न निर्देशन दिँदै सेबोनले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्नेहरूको हकमा ६० करोड र स्टक डिलरको हकमा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो ।उक्त निर्देशनको समय सीमा आउने असार मसान्तमा सकिँदै छ । ब्रोकर कम्पनीहरूले पुँजी पुर्‍याउनका लागि बोनस शेयर तथा हकप्रद जारी गर्न पाउँछन् । त्यसबाहेक मर्जरमा पनि जान पाउँछन् । चुक्ता पुँजी पुर्‍याउनका लागि अधिकांश ब्रोकर कम्पनीहरूले मर्जरको बाटो रोज्ने जनाउँदै आएका छन् ।  तर, सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगर्दा कम्पनीहरू मर्जरमा जान सकेका थिएनन् । अब भने उनीहरूलाई मर्जरमा जाने बाटो खुलेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल ९२ वटा ब्रोकर कम्पनीले सेवा दिइरहेका छन् । जसमध्ये २ वटा स्टक डिलर छन् । नयाँ कम्पनीहरूले तोकिएको चुक्ता पुँजी पुर्‍याएर लाइसेन्स लिएपनि पुराना तीन दर्जनभन्दा बढीले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् ।सेबोनले दिएको समय अनुसार चुक्ता पुँजी पुर्याउन ब्रोकर कम्पनीहरुसंग चार महिना मात्रै समय बाँकी छ । यसअघि सेबोनले चुक्ता पुँजी नपुगेका ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्‍याउने योजना पेस गर्न गएको पुस ८ गते नै पत्राचार गरेको थियो । सोही अनुसार ब्रोकर कम्पनीहरूले सेबोनमा योजना पेश गरेका थिए । पेश भएका योजनामा अधिकांशले मर्ज तथा प्राप्तिमा जाने योजना बनाएको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

    images
    images

    ‘हामीले पुँजी नपुगेकाहरूलाई पुर्‍याउने योजना लिएर आउनु भनेको थियौँ । उनीहरूले योजना बोनस शेयर तथा हकप्रद जारी गर्ने र मर्जर तथा प्राप्तिमा जाने योजना पेश गरेका छन् । धेरैजसोले मर्जरमा जाने भनेका छन्’, उनले भने, ‘अब यो निर्देशिकाले मर्जरमा जाने बाटो खोलेको छ ।’नयाँ निर्देशिका अनुसार नियमावलीको नियम ७(क) बमोजिम धितोपत्र दलाल वा धितोपत्र व्यापारी एक आपसमा गाभ्ने/गाभिन वा प्राप्ति गर्न योग्य हुने जनाएको छ । गाभ्न/गाभिन चाहने व्यवसायीले सैद्धान्तिक सहमतिको लागि निवेदन दिनुपर्ने व्यवस्था निर्देशिकामा गरिएको छ ।

    निवेदन दिने कम्पनीले गाभ्ने/गाभिने विषयमा सञ्चालक समिति तथा साधारण सभाबाट सो सम्बन्धी निर्णय, प्रारम्भिक सम्झौता, कार्य योजना, पछिल्लो आवको लेखा परीक्षण, कर्मचारीको व्यवस्थापन र गाभ्ने गाभिने वा प्राप्ति गर्न सक्ने आधारसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।सम्पत्ति तथा दायित्व मूल्याङ्कन गराउनु पर्ने व्यवस्था गरिएको छ । सैद्धान्तिक सहमति प्राप्त गरेको धितोपत्र व्यवसायीले स्वतन्त्र मूल्याङ्कनकर्ताबाट आफ्नो सम्पत्ति, दायित्व तथा व्यावसायिक कारोबारको पछिल्लो अवधिको मूल्याङ्कन (ड्यू डेलिजेन्स अडिट) गराउनु पर्नेछ ।

    स्वतन्त्र मूल्याङ्कनकर्ताले मूल्याङ्कन गर्दा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने धितोपत्र व्यवसायीको गणना गरिएको समायोजित खुद सम्पत्तिलाई ७५ प्रतिशत, भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य (डिस्काउन्टेड क्यास फ्लो) विधि प्रयोग गरी तयार गरिएको व्यावसायिक मूल्याङ्कनलाई १५ प्रतिशत इन्टरनेशनल भ्यालूएसन स्ट्याण्डर्डको आधारमा गणना गरिएको अन्य कुनै एक विधि प्रयोग गरि गरिएको मूल्याङ्कनलाई १० प्रतिशत हुनुपर्ने व्यवस्था गरिएको छ ।मूल्याङ्कन प्रतिवेदन समेतको आधारमा धितोपत्र व्यवसायीको अन्तिम शेयर स्वाप अनुपात निर्धारण गर्नु पर्नेछ । त्यस्तो शेयर स्वाप अनुपात सम्बन्धित धितोपत्र व्यवसायीको सञ्चालक समितिबाट अनुमोदन गराएको हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend