images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • सुरक्षा निकायलाई छल्दै भारतको दिल्ली पुगे...

सुरक्षा निकायलाई छल्दै भारतको दिल्ली पुगे प्रसाईं

सुरक्षा निकायलाई छल्दै भारतको दिल्ली पुगे प्रसाईं

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौंः राजा ल्याउने नाममा हिंसात्मक आन्दोलन मच्चाएर फरार भएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं भागेर सुरक्षा निकायलाई छल्दै भारतको राजधानी नयाँदिल्ली पुगेको निष्कर्ष सुरक्षा निकायले निकालेका छन।

    images
    images

    गणतन्त्र र नेताविरुद्ध चर्को भाषण दिएर चर्चामा आएका प्रसाईंले यही चैत १५ गते तीनकुनेमा भएको राजा फर्काउ आन्दोलनका क्रममा भीडलाई उत्तेजित बनाउँदा पत्रकार सहित विरोध ¥यालीमा सहभागी एक युवकको ज्यान गुमाएका थिए । त्यसपछि प्रसाईं भूमिगत भएका कारण प्रहरीले पक्राउ गर्न सहज भएको छैन । अस्थिर स्वभावका प्रसाईं पछिल्लो समय मुलुकमा राजा ल्याउने आन्दोलनको जनकमान्डर भएको घोषणा गर्दै पूर्वराजा ज्ञानेन्द्र सँग पटकपटक भेटेर आफूले मुलुकमा राजसंस्था पुनःस्थापना गरेरै छाड्ने प्रतिबद्धता जनाउदै आएका थिए ।

    प्रसाईंको अराजक गतिविधिबारेमा सुरक्षा निकाय जानकार भएता पनि समयमा पक्राउ गर्न नसक्नु सुरक्षा निकायको गम्भीर लापरबाही भएको नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लले बताउनु भयो । प्रसाईंले तीनकुने, बानेश्वर क्षेत्रमा वितण्डा मच्चाएपछि लामो समयसम्म वानेश्वरको इन्द्रेणी फुडल्यान्डमा आफ्ना कार्यकर्ताहरुलाई राखेर गोप्य बैठक गरेर बस्दा समेत सुरक्षा निकायले थाहा नपाउनु लज्जाको विषय भएको पूर्व उच्च सुरक्षाकर्मीहरुले सार्वजनिक रुपमा बताउँदै आएका छन् ।
    पूर्वडीआईजी मल्लले भन्नुभयो– ‘प्रसाईं एक्लै भागेर दिल्ली पुगेको चै होइन होला तर पनि त्यसको बारेमा सुरक्षा निकायले सूचना संकलन गर्न नसक्नु दुःखद बिषय हो । यसरी अराजक मान्छेलाई पक्राउ गर्न किन आनाकानी गरेको होला सुरक्षा निकायले समयमा नै उसलाई नियन्त्रणमा लिएको भए यति ठुलो जनधनको क्षति हुने थिएन ।’

    images
    images

    दुर्गा प्रसाईंको बारेमा अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले पछिल्लो अवस्थाको बारेमा खोजी गरिरहेको बाहेक अन्य कुरा बताएको छैन । भागेर दिल्ली पुगेको निष्कर्षमा पुगेको सुरक्षा निकायले प्रसाईंलाई नेपालमा राजद्रोहको मुद्दा चलाउने तर नेपाल आउन नदिने रणनीति अपनाएको हो कि भन्ने आशंका सुरक्षा विज्ञहरुले गर्न थालेका छन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले प्रसाईंको खोजीका लागि एउटा टोली परिचालन भएको जानकारी दिनुभयो । पूर्वडीआईजी मल्लले भने लामो समयदेखि अराजक भनाइ सार्वजनिक गर्दै आएका प्रसाईंलाई सरकारले पहिला नै नियन्त्रणमा नलिनुले पनि शंका गर्ने ठाउँ पैदा भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘अराजक भनाइ सार्वजनिक गर्दै समाजलाई नै उत्तेजित बनाउने काम गर्दा सरकारले सुरक्षा निकायलाई पक्राउ गर्नुपर्ने आदेश दिनुपर्ने हो । किन त्यसो भएन, यसतर्फ पनि अब गम्भीर लिएरु समीक्षा हुन जरुरी छ ।’

    हाल दिल्ली पुगेका प्रसाईंले भेटघाटलाई तीव्र बनाएको सूचना आएको एक उच्च सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिँदै भने–‘अब कसरी फेस सेभिङ गर्ने भन्ने विषयमा प्रसाईंले छलफल तीव्र बनाएको सूचना आएको छ । यसबारेमा हामीले सरकारलाई जानकारी गराएका छौं ।’

    गणतन्त्रवादीहरुको चेपुवामा परेको राजावादी आन्दोलन कमजोर हुनुमा प्रसाईं जिम्मेवार रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब कसैको वैशाखी नटेकी आन्दोलन अघि बढाउन उच्चस्तरीय संयन्त्र बनाउने आफ्नो अडान दोहो¥याउनुभएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend