images

२०८३ आश्विन १६ गते

images
images
images

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन हुने

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन हुने

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो। आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।  

    images
    images

    विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।  

    अब काठमाडौँ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।  तर, अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै नै खुलिसक्थ्यो । अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् । 

    images
    images

    किन घटाइयो सञ्चालन अवधि ? 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बेलुकी ८ः३० बजे नै सकिन्छ । त्यो पनि पार्किङ गर्न उपत्यका बाहिरका विमानस्थलमा जानैपर्ने व्यवस्था भएकोले मात्रै । त्यसभन्दा पछाडि हुने भनेको अन्तर्राष्ट्रिय उडान तथा अवतरण मात्रै हो । 

    अन्तर्राष्ट्रिय उडान तथा अवतरण पनि लगभग १२ बजेसम्म भइसक्छ । विमानस्थल सञ्चालन २ बजेसम्म हुँदा पनि योबिचमा मध्यपूर्वबाट आउनेजाने एक/दुईवटा मात्रै उडान र अवतरण मात्रै हुँदै आएको थियो । खासगरी राति साढे २ बजेसम्म अवतरण गर्नेगरी कतार एयरवेज, फ्लाइ दुबई, कुवेत एयरवेज लगायत केही एयरलाइन्सको उडान यो अवधिमा हुने गर्थ्यो ।

    विमानस्थलको सञ्चालन अवधि घट्नुअघिको सेड्युल हेर्ने हो भने कतार एयरवेजको विमान दैकि रूपमा राति १ः०० बजे आइपुग्ने र २ः१५ बजे उड्ने गर्थ्यो । जजिरा एयरको विमान १ः३० बजे आइपुगेर २ः३० बजे उड्ने कार्यतालिका थियो । फ्लाई दुबईको विमान राति ०ः१५ मा आएर १ः१५ मा उड्ने गरेको थियो । कुवेत एयरको विमान १ः०० बजे आइपुगेर २ः०० बजे उड्ने गरेको थियो । दैनिक २/३ वटा फ्लाइटको लागि साढे २ घण्टासम्म चलाएर विमानस्थलको खर्च बढाउन उपयुक्त नभएकोले सञ्चालन अवधिलाई १८ घण्टामा सीमित गर्न लागिएको ती अधिकारी बताउँछन् । 

    ‘कर्मचारीलाई ओभर टाइम दिएर विमास्थल सञ्चालन गर्नुपर्छ । साढे २ घण्टा कम खोल्दा करोडौं रुपैयाँ बचत हुने अवस्था पनि देखियो । विमानस्थलका मेसिनहरूलाई पनि कम्तीमा ६ घण्टा रेस्ट चाहिन्छ । त्यसैले १२ बजेसम्म मात्रै खोल्न लागेका हौं,’ ती अधिकारी भन्छन्, ‘धेरै फ्लाइट गर्ने भए भैरहवा जानुपर्‍यो, यहाँ योभन्दा धेरै समय चल्दैन ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend