images

२०८३ आश्विन २० गते

images
images
images

कामना सेवा बैंकको पाँच वर्षभन्दा पुरानो नगद लाभांश लिन आग्रह

कामना सेवा बैंकको पाँच वर्षभन्दा पुरानो नगद लाभांश लिन आग्रह

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन सेयरधनीहरूलाई आग्रह गरेको छ।बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय सेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ। 

    images
    images

    उक्त आर्थिक वर्षका लागि बैंकले सेयरधनीहरुलाई ६.८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो। उक्त नगद लाभांश सूचना प्रकाशित भएको मितिले १ महिनाभित्र सेयर रजिस्ट्रार प्रभु क्यापिटलको काठमाडौंको कमलादीस्थित कार्यालयमा सम्पर्क गर्न  बैंकले सेयरधनीहरुलाई आग्रह गरेको छ।  

    तोकिएको अवधिभित्र बुझिलिन नआउने सेयरधनीको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्थाबमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले स्पष्ट पारेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend