images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • नारायणगढ–बुटवल ५० किलोमिटर सडक पूर्वी खण्डमा...

नारायणगढ–बुटवल ५० किलोमिटर सडक पूर्वी खण्डमा कालोपत्र

नारायणगढ–बुटवल ५० किलोमिटर सडक पूर्वी खण्डमा कालोपत्र

images
images
मंगलवार, चैत्र १९ २०८१
मंगलवार, चैत्र १९ २०८१
  • काठमाडौंः (नवलपरासी) नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र गरिएको छ।

    images
    images

    पूर्वी खण्डको गैँडाकोटबाट दाउन्ने सम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र गरिएको हो ।

    योजनाका सूचना अधिकारी शिव खनालका अनुसार आउँदो बर्खा अगाडि नै बाँकी १३ किलोमिटर सडक समेत कालोपत्र गर्ने लक्ष्यअनुसार काम भइरहेको छ।

    images
    images

    दाउन्ने खण्डमा यात्रा गर्दा सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने उनले बताए । ढलानको काम यसै सातादेखि सुरु हुनेछ ।

    “पहिलो चरणमा एकतर्फी रूपमा यातायात सहज होस् भन्ने हो, यसलाई प्राथमिकता दिएका छौँ, सँगै दोस्रो भाग तर्फको काम पनि समानान्तर रूपमा भइरहेको छ”, सूचना अधिकारी शिव खनालले भने।

    विसं २०७५ माघमा सम्झौता भएर २०७९ साउनमा सडक विस्तारको काम सम्पन्न गर्नेगरी काम अघि बढाइएको हो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी काम थालिएको हो । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन सम्मका लागि दोस्रोपटक म्याद थप गरिएको थियो । सो अवधिमा पनि काम सम्पन्न नभएपछि २०८२ साउन सम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ ।

    एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक विस्तार योजनाको दुवै खण्ड रु १६ अर्ब ९९ करोड ५३ लाखको लागतमा काम भइरहेको सूचना अधिकारी शिव खनालले बताए । एक सय १३ किलोमिटर सडक मध्ये ७० किलोमिटर चार लेन तथा २९ किलोमिटरमा चार लेन सहित दुवैतर्फ ६–६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर सडक तीन लेनको हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend