images

२०८३ आश्विन १८ गते

images
images
images

धनकुटाको लेगुवा खोलामा ३ करोड २१ लाखको लागतमा पक्की पुल निर्माण

धनकुटाको लेगुवा खोलामा ३ करोड २१ लाखको लागतमा पक्की पुल निर्माण

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । पूर्वाधार विकास कार्यालयअन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । ३ करोड २१ लाखको लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो ।लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिए ।

    images
    images

    ‘लेगुवा खोला पक्की पुल निर्माण सम्पन्न गरेका छौँ’, प्रमुख रेड्डीले भने– ‘यहाँका स्थानीयको समस्यालाई ध्यानमा राखेर पुल निर्माण कार्यलाई प्राथमिकताका साथमा अघि बढाएका थियौँ, पुल सञ्चालनमा आएपछि स्थानीयलाई आवतजावतमा सहजता बनेको छ ।’पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताए । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रसम्म पुग्ने दूरी छोटिएको प्रमुख रायाको भनाइ छ ।

    पुल नहुँदा नागरिकलाई नगरपालिकासम्म आउन नै समस्या थियो, तर अब आवतजावतसँगै उत्पादित कृषि उपजको बजारीकरणका लागि पनि सहज भएको छ । धेरै समस्याका बीच तोकिएको मापदण्डअनुसार पुल निर्माण सम्पन्न गरेको निर्माण कम्पनी मार्सेली, युडी जेभीका प्रतिनिधि उत्तम खड्काले बताए ।खोलामा पक्की पुल नहुँदा सङ्खुवासभा जिल्ला घुम्नुपर्ने बाध्यता रहेकामा अहिले सहजता भएको स्थानीय पुष्प कार्कीले बताए । पुल बनेपछि जोखिम मोलेर खोला पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend