images

२०८३ आश्विन २० गते

images
images
images

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

आठ महिनामा १५ हजार मेट्रिक टन रासायनिक मल बिक्री

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौं । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए ।

    images
    images

    उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ जार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिकटन मल मौज्दात रहेको छ ।जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पोटास मल बिक्री गरिसकेको कम्पनीले जनाएको छ । जिल्लामा चालू आवका लागि ११ हजार मेट्रिक टन युरिया, छ हजार मेट्रिक टन डिएपी र ५०० मेट्रिकटन पोटास मल आएको थियो ।

    किसानहरुको माग बढिरहेको र शाखामा मौज्दात कम भएका कारण वैशाखदेखि रासायनिक मलको अभाव हुनसक्ने शाखा प्रमुख राजवंशीले बताए । ‘माग धान्ने गरी हामीसँग रासायनिक मल छैन’, प्रमुख राजवंशीले भने, ‘स्टक राखिएको मल पनि सकिन लाग्यो, वैशाखसम्म धान्न सक्छ ।’ थप रासायनिक मल वैशाखमा मात्र आउने बताइएको छ ।चालू आर्थिक वर्षमा कार्यालयमा लक्ष्यभन्दा बढी बिक्री भइरहेको देखिएको उनले बताए । उनले अब चार हजार मेट्रिकटन मल आउने भए पनि पर्याप्त नहुने जानकारी दिए । उनले जिल्लामा अन्य मलको तुलनामा युरिया मलको माग ह्वात्तै बढेको बताए ।

    images
    images

    यतिबेला झापामा चैते धान, मकै र चियामा मल लगाउनका लागि किसानहरुले छिमेकी मुलुक भारतका सीमावर्ती बजारबाट लुकीछिपी ल्याउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडबाट जिल्लाका १५ वटै पालिकामा तोकिएको सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend